August 31, 2026 6:58 pm

जनताको जिम्मेवारी खोइ ?

नेपाली नागरिक राजनीति बिग्रिएको भन्दै आक्रोशित छन् तर दुर्लभ प्रश्न यो हो—हामी कति जिम्मेवार नागरिक

Table of Contents

नेपाली नागरिक राजनीति बिग्रिएको भन्दै आक्रोशित छन् तर दुर्लभ प्रश्न यो हो—हामी कति जिम्मेवार नागरिक छौं ? नागरिक हुनु भनेको मतदान मात्र होइन । यो निरन्तर चासो, प्रश्न र सहभागिताको अभ्यास हो । हामी धेरै कुरा राज्यबाट अपेक्षा गर्छौं तर राज्यलाई निगरानी गर्ने जिम्मेवारीबाट पन्छिन्छौं ।

राजनीतिमा खराब मान्छे टिक्नुको कारण सधैं उनीहरू बलियो भएर होइन नागरिक कमजोर भएर हो । जब नागरिक पाँच वर्षमा एकपटक चुनावको बेला मात्र सक्रिय हुन्छ बाँकी समय राजनीति निरंकुश हुन्छ ।

नेताहरूले कमन सेन्स गुमाउँदा नेपालको राजनीति कसरी प्रभावित हुँदै आएको छ ?